टी-२० विश्वकप क्रिकेट एक बर्ष पछि सर्यो

२०७७ श्रावण ५ साेमबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यस बर्ष हुने टी-२० विश्वकप क्रिकेट एक बर्ष पछाडी सारेको छ । सोमबार बसेको आइसीसीको बोर्ड बैठकले विश्वकप एक बर्षपछि सार्ने निर्णय गरको हो । 

कोरोना महामारीका कारण यस बर्ष अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने भनिएको टी-२० विश्वकप अब २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुने भएको छ । यस विश्वकपको फाइनल खेल नोभेम्बर १४, २०२१ मा हुने आइसीसीले जनाएको छ ।

त्यस्तै २०२२ मा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर देखि नोभेम्बरसम्म हुने भएको छ भने फाइनल खेल १३ नोभेम्बर २०२२ मा हुने आइसीसीले जनाएको छ । आइसीसीले यी दुई विश्वकप कुन देशमा हुन्छन् भन्ने बारे भने स्पष्ट गरेको छैन ।

त्यसै गरि २०२३ मा भारतमा हुने हुने ५० ओभरको विश्वकप अक्टोबर देखि नोभेम्बर, २०२३ मा हुने छ भने फाइनलखेल २६ नोभेम्बर २०२३ मा हुने आइसीसीले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार