इटालियन सिरी ए मा युभेन्टस विजयी, रोनाल्डोकाे २ गोल

२०७७ श्रावण ६ मङ्गलबार, एजेन्सी । गएराती सम्पन्न खेलमा इटालियन सिरी ए मा युभेन्टसले लाजियोलाई २-१ गोल अन्तरले पराजित गरेर युभेन्टस विजयी भएको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका हुन् । रोनाल्डोले खेलको ५१औ मिनेटमा पेनाल्टीबाट गोल गरे भने ५४ मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै लाजियोका लागि खेलको ८३औ मिनेटमा किरो इम्मोबाइलले पेनाल्टीबाट गोल गरेका थिए ।

रोनाल्डोले यस खेलमा २ गोल गरेर सिरी ए मा आफ्नो गोल संख्या ५० कटाएका छन् । उनी प्रिमियर लिग, ला लिगा र सिरी ए मा गरि तीन ठुला लिगमा ५० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

साथै युभेन्टसको इतिहासमा सिरी ए मा एकै सिजनमा ३० गोल भन्दा बढी गोल गर्ने रोनाल्डो तेस्रो खेलाडी बनेका छन् । रोनाल्डोएल यस सिजनमा अहिलेसम्म ३० गोल गरेका छन् ।

यो जितसँगै युभेन्टसको ३४ खेलमा ८० अंक भएको छ । र दोस्रो स्थानमा रहेको इन्टर मिलान भन्दा ८ स्पष्ट अंकले अगाडी भएको छ । त्यस्तै लाजियोको भने ३४ खेलपछि ६९ अंक छ र लिगको चौथो स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार