ब्राजिलमा ८० हजार कोरोना सक्रंमितकाे मृत्यु

२०७७ श्रावण ६ मङ्गलबार, एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ७१८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार २५१ पुगेको छ ।

त्यस्तै ब्राजिलमा २४ घण्टामा २१ हजार ७४९ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा २१ लाख २१ हजार ६४५ जना संक्रमित भएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा अहिलेसम्म १४ लाख ९ हजार २०२ जना कोरोना संक्रमणबाट ठिक भएका छन् । त्यस्तै अहिले ६ लाख ३२ हजार १९२ कोरोनाका सक्रिय विरामी रहेका छन् । जसमा ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देश हो । यसैबीच ब्राजिलका शिक्षामन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ । उनी कोरोना संक्रमण हुने ब्राजिल सरकारको क्याबिनेटका चौथो सदस्य हुन् । यस अघि राष्ट्रपति जैर बोलसोनारो र अन्य दुई मन्त्री कोरोना संक्रमित भएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार