पहिरोले पुरिएर २ जनाको मृत्यु

२०७७ श्रावण ६ मङ्गलबार, तनहुँ । तनहुँको भानु नगरपालिका-९ सिमगैरामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। सोमवार आएको पहिरोले सिमगैरामा बस्ने महिन्द्र धरालीको घर र सँगै रहेको उनका भाइको घर बगाएको थियो।

पहिरोले पुरिएर महेन्द्र धरालीकी आमा ८० वर्षीया तिलमाया धराली र छोरी १७ वर्षीया त्रिप्सा धराली बेपत्ता भएका थिए। उनीहरुको खोजी कार्यका लागि खटिएको प्रहरी टोलीले त्रिप्सालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ।

साथै, तिलमाया धरालीलाई मृत अवस्थामा पहिरोले पुरिएको स्थानबाट निकालिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार