२०७७ श्रावण ६ मङ्गलबार, एजेन्सी । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट म्याच इंग्ल्यान्डले जितेको छ । ओल्ड ट्राफोर्डमा हिजो सम्पन्न टेष्ट म्याचमा घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो ।
दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।
अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ । दोस्रो टेष्टमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको चुनौति पछ्याएको वेष्ट इन्डिज १ सय ९८ रनमा अलआउट भयो ।
वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिंदै जितको आधार तयार पारे ।
यसअघि पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ८२ रनको अग्रता लिएपछि पाहुना टोली वेष्ट इंडीज सुरुदेखि नैं दबाबमा परेको थियो ।
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात