सुनचाँदीको मूल्य बढ्यो

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा रु ४ सयले बढेको छ ।

महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार भने सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार २६० मा कारोबार भइरहेको छ ।

त्यसैगरी आज, चाँदी तोलामा रु ४० ले बढेर प्रतितोला एक हजार ४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार