पछिल्लाे चौबीस घण्टामा कोरोनाका ११ नयाँ संक्रमित

२०७७ श्रावण ६ मङ्गलबार, एजेन्सी । चीनमा गएको चौबीस घण्टामा कोरोना भाइरसका ११ जना नयाँ संक्रमित फेला परेका छन् । यसको अघिल्लो दिनमा भने चीनमा २२ जना नयाँ संक्रमित फेला परेका थिए ।

चीनको स्वास्थ्य आयोगका अनुसार यी ११ संक्रमितमध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् । बाँकी तीन संक्रमित बाहिरी मुलुकबाट चीन आएकाहरु रहेको पनि स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोना संक्रमणको सुरुवात चीनबाटै सुरु भए पनि अहिले अन्य मुलुकको तुलनामा निकै कम संक्रमित फेला परेका छन् ।

जोन हप्किन्सको वेबसाइटका अनुसार चीनमा अहिलेसम्म ८५ हजार ३१४ संक्रमित फेला छन् । तीमध्ये कोरोना संक्रमणकै कारण अहिलेसम्म चार हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार