११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक १ बजे सर्‍यो

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक १ बजे सरेको छ । ११ बजे बोलाइएको बैठक १ बजे सरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए । त्यसअघि पार्टीका शीर्ष नेताहरु अनौपचारिक छलफलमा रहने छन् ।

स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक लगातार स्थगित गरिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार