सस्तोमा टिभी हेर्न पाइने गराउने प्रयासमा छौँ : आचार्य

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपालका अध्यक्ष सुदिप आचार्यले प्राविधिक समस्याहरु समाधान गरेर क्लिन फिड लागु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले क्लिन फिड लागु गर्न केही प्राविधिक कठिनाइ भइरहेकाले त्यसलाई समाधान गर्नआफुहरुले पहल गरिरहेको पनि जानकारी दिनुभयो। अध्यक्ष आचार्यले ग्राहकलाई महंगो नपरोस् भन्ने तर्फ पनि आफुहरुको उत्तिकै चिन्ता रहेको बताउनुभयो ।

अहिलेकै अवस्था अनुसार लागु गर्ने हो भने ग्राहकलाई केही महंगो पर्ने देखिन्छ, तर त्यसलाई कसरी सस्तो बनाउन सकिन्छ भन्ने बारेमा हामीले उपायहरुको खोजी गर्दै लागु गराउने प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
डिसहोमका प्रबन्ध निर्देशक समेत रहनु भएका आचार्यले डिसहोसले नयाँ प्रविधि र नयाँ नयाँ कार्यक्रमहरुलाई प्राथमिकता दिइरहेको जानकारी दिनुभयो ।

पहुँच र प्रविधिको हिसावले सगरमाथाको चुचुरोमा पनि डिसहोम हेर्न सकिने बनाइएको बताउदै उहाँले देशभरी ४५ प्रतिशतभन्दा बढीले डिसहोमको प्रयोग गरिरहेको तथ्यांक पनि प्रस्तुत गर्नुभयो ।

ग्रामिण क्षेत्रमा डिमहोस एक मात्र विकल्प भएकाले अति उपयोगी भएको र शहरी क्षेत्रमा पनि अत्यधिक धेरै माग भइरहेको आचार्यले बताउनुभयो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रीक नीतिले व्यवसायीका धेरै समस्याहरुको सम्वोधन गरेको उहाँको भनाई छ ।

कामना सेवा विकास बैंकका अध्यक्ष समेत रहनु भएका आचार्यले भन्नुभयो, “विकास बैंकको हिसावले मात्रै हेर्दा त हामीलाई गाह्रो छ, तर भविश्यलाई हेर्दा राम्रो लागेको छ, दिर्घकालिन सोँच राखेको देखिन्छ ।हामीले मौद्रीक नितिलाई सकारात्मक रुपमा लिएका छौँ ।”

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार