दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगिएकाे हाेइन: नारायणकाजी श्रेष्ठ

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्यता नभएको बताउनुभएको छ ।

स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै  नेता नारायणकाजी श्रेष्ठले आफूहरुको अध्यक्ष झुक्किने खालको नभएको बताउनुभएको हो । यसअघि सचिवालय बैठक लगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा जानुभएको थियो ।

त्यसपछि दाहालको निवास खुमलटारमा बसेको स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठकमा आफू परिबन्धमा परेर राष्ट्रपति निवास पुगेको बताउनुभएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार