कर्णालीमा १२ कोरोना संक्रमित थपिए

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । कर्णाली प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

‘कर्णालीमा मंगलबार १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले छ,’ उनले भने, ‘कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार सात सय ६१ पुगेको छ ।’

त्यस्तै, कर्णालीमा मंगलबार १४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट १४ जना (१२ पुरुष, दुई महिला) डिस्चार्ज भएको डा. तिवारीले बताए । ‘कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार पाँच सय ३३ पुगेको छ,’ उनले भने, ‘कोरोनाका सक्रिय संक्रमित २२२ जना छन् ।’

कर्णालीमा कोरोनाका कारणले ६ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार