कञ्चनपुरमा थप २० जना नयाँ कोरोना संक्रमित

२०७७ श्रावण ६ मङ्गलबार, कञ्चनपुर । कञ्चनपुरमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार बेदकोट नगरपालिकामा १२ जना, शुक्लफाँटा नगरपालिकामा पाँच र लालझाँडी गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टि भएको हो। रासस

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार