टोखामा पहिरोमा पुरिएर जुम्ल्याहाकाे मृत्यु

२०७७ श्रावण ६ मङ्गलबार, काठमाडौं । काठमाडौँमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका –१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ

पहिरोले पुरिएर स्थानीय सचिन राना र सन्धा रानाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् ।

उनीहरुको उमेर तीन वर्षको छ । बिहान खाना खाइरहेका बेला टाँसी डाँडाको पहिरोले उनीहरुलाई निलेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार