२०७७ श्रावण ६ मङ्गलबार काठमाडौं । चलचित्र ‘प्रसाद’ काे सिक्वेल ‘प्रसाद २’ निर्माण हुने भएकाे छ । सो चलचित्रका निर्माता सुभाष थापाले चलचित्र ‘प्रसाद २’ निर्माण हुन लागेकाे जानकारी दिएका हुन् ।
निर्माता थापाका अनुसार साे चलचित्रकाे कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । उक्त चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रका लागि कलाकारहरू भने अनुबन्धित हुन बाँकी रहेकाे निर्माता थापाले जानकारी दिए । लकडाउन खुलेपछि चलचित्रकाे छायांकन हुनेछ ।
यसअघि ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । ‘प्रसाद’ दर्शकले अत्यधिक रूचाएकाे चलचित्र हाे । चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेकाे थियाे । एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितिको कथालाई ‘प्रसाद’ ले उठान गरिएकाे थियाे ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’