२०७७ श्रावण ७ बुधबार, एजेन्सी । कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथि निशाना बनाउन चीनले ह्याकरहरु नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको छ ।
कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको अभियोगमा न्याय विभागका अधिकारीले दुई चिनियाँमाथि अभियोग दर्ता गरेका छन् ।
उनीहरुले चीनको सरकारी एजेन्टबाट सहयोग प्राप्त गरेको आरोप छ । अमेरिकाले हालै चीनको एक साइबर जासुसी कार्यक्रमबारे थहा भएको बताएको थियो ।
गत हप्ता बेलायत, अमेरिक र क्यानडाले रुसले कोरोना भाइरसविरुद्धको खोप सम्बन्धी जानकारी चोरीको प्रयास गरेको अभियोग लगाएका थिए ।
अमेरिकाले लि सिओयु र दोङ्ग जिझी नाम गरेका इलेक्ट्रिकल इन्जिनियरिङ्गका पूर्व विद्यार्थीमाथि साइबर अपराधमा संलग्न भएको अभियोगमा मुद्दा दायर गरेको हो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’