२०७७ श्रावण ७ बुधबार, एजेन्सी । गएराती सम्पन्न इटालियन सिरी ए मा मिलानले सास्सुओलोलाई २-१ गोल अन्तरले पराजित गरेको छ । मिलानको जितमा जलाटन इब्राहिमोविचले दुवै गोल गरेका छन् । इब्रहिमोविचले खेलको १९औ र ४५औ मिनेटमा गोल गरेका थिए ।
इब्राहिमोविचले सिरी ए मा खेलको पहिलो हाफमा यस अघि सन २०१२ मार्चमा पालेर्मोविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसपछि पहिलो पटक पहिलो हाफमा उनले दुई गोल गरेका हुन् । त्यस्तै सास्सुओलोका लागि फ्रान्सेंस्को कापुटोले एक गोल गरेका थिए ।
त्यस्तै खेलको पहिलो हाफको अन्तिम मिनेटमा सास्सुओलोका मेहदी बोउराबियाले रातो कार्ड पाएर मैदान छोड्दा सास्सुओलो १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि मिलान सिरी ए मा पाँचौ स्थानमा उक्लिएको छ । ३५ खेलपछि मिलानको ५९ अंक भएको छ । त्यस्तै सास्सुओलोको भने ३५ खेलपछि ४८ अंक रहेको छ र लिगको आठौ स्थानमा रहेको छ ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा एटलान्टाले बोलोग्नालाई १-० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ३५ खेलमा ७४ अंक भएको छ भने एक खेल कम खेलेको युभेन्टस ६ अंकले अगाडी रहेको छ भने एक खेलनै कम खेलको इन्टर मिलान ७२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’