लकडाउन अन्त्य: उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । नेपाल सरकारले लकडाउन हटाएकाले सबै क्षेत्र खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा पनि सुचारु हुने भएको छ । यही साउन २६ र २७ गतेका लागि पुर्वर्धिारित साधारण सभा अन्यौलमा परिरहेका बेला लकडाउन अन्त्यको घोषणा भएकाले सुचारु हुने भएको हो ।

लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताउनु भएको थियो ।

तरसरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन् ।

साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ । आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किसोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । उहाँहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार गरिरहनु भएको छ ।

देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको ठूलो जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार