कम्युनिष्टहरुले सम्झदै पुष्पलाल

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएकाले आज स्मृति दिवस मनाउने गरिएको हो ।

उहाँले स्थापना गरेको नेकपा विभिन्न चिरामा भए पनि अहिले वामपन्थीहरुको संसद राम्रो उपस्थिति छ र कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

उनीहरु प्राय सवैले आज उहाँको सम्झना र सम्मानमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार