१६ वर्षीय अपांग बालिका बलात्कृत

२०७७ श्रावण ७ बुधबार, मोरङ । मोरङको लेटाङ नगरपालिका–८ मा अपांग बालिका बलात्कृत भएकी छन्। साथीको घरमा सुत्न गएकी १६ वर्षीया बालिका साथीकै आफन्त पर्ने युवाबाट बलात्कृत भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।  उनकाे अनुसार बलात्कारमा संलग्न १९ वर्षीय भीम राई मंगलबार पक्राउ परिसकेका छन् । बालिकामाथि गत असार २८ गतेराति बलात्कार भएको खड्काले बताए।

प्रहरीका अनुसार साथीकोमा सुत्न गएकी बालिका घर फर्किएपछि अप्ठेरो र असजिलो महसुस गर्न थालेकाले परिवारका सदस्यले सोधीखोजी गर्न थालेका थिए।  सोधीखोजी गर्न थालेपछि उनी बलात्कृत भएको पत्ता लागेको प्रहरीले जनाएको छ।  बालिका राम्ररी बोल्न सक्दिनन्।

परिवारका सदस्यले घटना ढिलो थाहा भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटनाको लगभग नौ दिनपछि बलात्कारमा संलग्न युवा पक्राउ परेका हुन्।  बलात्कारमा संलग्न युवाले प्रारम्भिक अनुसन्धानका क्रममा घटना स्वीकार गरिसकेको एसपी खड्काको भनाइ छ।  उनीविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार