सुन अहिलेसम्मकै महँगो, प्रति तोला ९४ हजार

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । बुधबार सुनको बजार भाउ फेरी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९४ हजार पुगेको छ । यस अघि मंगलबार सुन प्रति तोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९३ हजार ५६० पुगेको छ ।

बुधबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । मंगलबार १०४० प्रतितोला कारोबार भएको चाँदी बुधबार प्रति तोला ९५ रुपैयाँले बढेर ११३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार