कोरोना भ्याक्सिनको अन्तिम परीक्षण सुरु

२०७७ श्रावण ७ बुधबार, एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको उपचारका लागि तयार गरिएको भ्याक्सिनको परीक्षण सुरु भएको छ । चिनियाँ कम्पनी सिनाभोकले तयार पारेको ‘कोरोना भ्याक्सिन’ भ्याक्सिनको अन्तिम परीक्षण स्वरुप स्वयंमसेवकहरुले पहिलो डोज लिएका छन्।

उक्त भ्याक्सिनले फेज थ्रि किल्निकल ट्रायल पूरा गरिसकेको छ। प्रयोग हुनुभन्दा अघि धेरै संख्यामा मानिसमा भ्याक्सिनको  परीक्षण गरेर यसको असरबारेमा अनुसन्धान भइरहेको  सिएनएले जनाएको छ। यो अनुसन्धानको रिपोर्ट सकारात्मक आएमा विश्वभर महामारीको रुपमा कहर मच्चाइरहेको कोरोना भाइरसको नियन्त्रणका लागि उपयोगी हुनसक्ने दाबी गरिएको छ।

ब्राजिलमा करिब ९ हजार स्वास्थ्यकर्मीहरुले यो भ्याक्सिनको परीक्षणमा सहभागिता जनाउने छन्। उनीहरुले तीन महिनमा दुईपटक भ्याक्सिनको डोज लिने बताइएको छ। पहिलोचरणको अनुसन्धानको रिपोर्ट ९० दिन भित्र आउने अनुमान गरिएको छ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकापछि ब्राजिल सबैभन्दा बढी प्रभावित बनेको छ। यहाँ २० लाखभन्दा बढीमा भाइरसको संक्रमण देखिँदा ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार