२०७७ श्रावण ७ बुधबार, एजेन्सी । बलिउड अभिनेता सलमान खान र निर्देशक कबीर खानबीच एकपटक फेरि सहकार्य हुने भएको छ । दुबैको सहकार्यमा बलिउडले ‘एक था टाइगर’, ‘बगरंगी भाइजान’ जस्ता सुपरहिट फिल्म पाएको छ।
अब ‘टाइगर सिरिज’ को तेस्रो फिल्ममा सलमान र कबीर जोडिँदैछन् । दुबै फेरि सहकार्यमा ल्याउने प्रयास फिल्म ‘टाइगर जिंदा है’का निर्देशक अली अब्बास जफरले गरेका छन्।
सलमान र कबीरको सहकार्यमा बन्ने फिल्मको प्रदर्शन सन् २०२२ मा हुनेछ। सलमान र कबीरको फिल्म ‘बजरंगी भाइजान’ले ५ वर्ष पुरा गरिसकेको छ। यस अवसरमा यी दुईबीच फेरि सहकार्यको वातावरण बनेको हो । यस अगाडि सलमान निर्देशक प्रभुदेवाको फिल्म ‘राधेः योर मोस्ट वांटेड भाई’मा देखिने छन्।
कबीर आगामी फिल्म ’83’ प्रदर्शनको प्रतिक्षामा छन्। जुन कोरोनाका कारण रिलिज हुन पाएको छैन। सन् १९८३ मा भारतीय क्रिकेट टिमले विश्वकप जितेको कथामा आधारित फिल्ममा रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा छन्।
ट्रेन्डिङ
अब संसदमा चार दल‚ कसका कति सांसद ?
ओलीलाई नेपालको आग्रह– राजीनामा दिएर थोरै भएपनि नैतिकता बचाउनुस्
म प्रधानमन्त्रीको रेसमा छैन : देउवा
‘यो देश दलितको पनि हो’ (फोटो फिचरसहित)
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह