अपहरणमा परेको भनिएका व्यक्ति होटलमा युवतीसँग भेटिए

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । आफु अपहरणमा परेको भनेर जानकारी गराएका एक व्यक्ति होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं चुनदेवीका ३० वर्षिय शक्तिराज रेग्मी नयाँ बसपार्कको सुगन्ध होटलमा भेटिएका हुन् ।

उनले आफू अपहरणमा परेको भन्दै परिवारसँग सम्पर्कविहिन भएका थिए । २४ असारदेखि सम्पर्क नभएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।  अनुसन्धान गर्दा उनी होटलमा एक युवतीसँग भेटिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।

घरजग्गा कारोबारमा करोडौं तिर्न पर्ने भएपछि उनले यसरी अपहरणको नाटक गरेका थिए । अपहरणको नाटक गरेर प्रहरीलाई दुःख दिएकाले उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार