असोज पहिलो साताबाट कक्षा १२ को परीक्षा लिने तयारी

२०७७ श्रावण ७ बुधबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि सञ्जालन गर्ने योजना बनाएको छ । परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले लकडाउन अन्त्य भएसँगै परीक्षा लिने तयारी थालिएको बताउनुभयो ।

सरकारले भदौंबाट विद्यालय सञ्चालन गर्ने भनेपछि असोज पहिलो साता परीक्षा लिनेगरी योजना बनाइएको उहाँले बताउनुभयो । चाँडै परीक्षा तालिका पनि सार्वजनिक गरिने पौडेलले बताउनुभयो ।

बैशाखमा हुने गरेको कक्षा १२ को परीक्षा लकडाउनका कारण रोकिएको थियो । यस्तै सरकारले यसअघि नै एसईई र ११ को परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनबाट लिने निर्णय गरिसकेको छ ।

पौडेलले परीक्षाका अन्य विधिबाट नसोचिएको र पूरानै तरिकाबाट परीक्षाबाट लिने तयारी भएको जानकारी दिनुभयो । केन्द्र तोकिएका विद्यालयहरुलाई निर्मलीकरण गरेर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने पौडेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार