अमेरीका पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १९२ जनाको मृत्यु

२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १९२ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १३६ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ७१ हजार ५१९ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ४० लाख ९९ हजार ८८४ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म १९ लाख ३९ हजार ७१९ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २० लाख १४ हजार २९ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १९ हजार १७९ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ६१७ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ३६ हजार ५७३ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ७८५ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८३ हजार ७४४ जना संक्रमित भएका छन् । मसाचुसेट्समा ८ हजार ४६८ जनाको ज्यान गएको छ ।

त्यस्तै क्यालिफोर्नियामा ८ हजार ४१, त्यस्तैगरि इलिनियोइसमा ७ हजार ५४०,  पेन्सिलभेनियामा ७ हजार १३६, मिचिगनमा ६ हजार ३८८, फ्लोरिडामा ५ हजार ३४७, टेक्सासमा ४ हजार ५१७, कोनेक्टीकटमा ४ हजार ४०६, लुसियानामा ३ हजार ६७० जना, मेरिल्याण्डमा ३ हजार ४०५, जर्जियामा ३ हजार ३३५, ओहियो ३ हजार २३९, एरिजोनामा २ हजार ९७४, इन्डियानामा २ हजार ८६३ र भर्जिनियामा २ हजार ५१ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार