विपदबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय

२०७७ श्रावण ८ बिहीबार, काठमाडौं । सरकारले विपदबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ दिने गरी  प्रकाेप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड स‌शाेधन गरेकाे छ।

यसअघि विपदबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत दिँइदै आइएकाेमा साउन ५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले कार्यविधि स‌ंशाेधन गरेकाे हाे।

यसैगरी साेही परिवारका थप अर्का व्यक्तिकाे विपदबाट ज्यान गएमा परिवारजनलाई थप एक लाख रुपैयाँ राहत दिइने भएकाे छ। सरकारले एकद्वार विधिबाट राहत वितरण गर्ने भएकाे छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार