प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवासमा

२०७७ श्रावण ८ बिहीबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

नेकपाभित्रको विवाद चर्किरहँदा दैनिक जसो शितल निवास पुग्ने गरेका अध्यक्ष ओली बुधबार बेलुका पनि गएका हुन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

राष्ट्रपति भण्डारीको सक्रियतामा ओलीले आफू अनुकुल पार्टीको निर्णय गराउन खोजे पनि दाहाल र नेपालले मानेनका छैनन्।

नेकपाभित्रको विवाद अनाआवश्यक चासो दिएपछि राष्ट्रपति भण्डारी पनि विवाद तानिएकी छिन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार