२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा वेष्ट ह्यामसँग १–१ को बराबरी खेलेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पछि परेको युनाइटेडले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मिकाइल एन्टोनिओले गोल गरी वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए । म्यासनले गोल गर्नुअघि पाएको पेनाल्टीमा पउल पोग्बाले गोल गर्न सकेका थिएनन्।
तर ५१ औँ मिनेटमा म्यासन ग्रीनवूडले युनाइटेडका लागि बराबरी गोल गरेका हुन् । जितपछि तेस्रो स्थानमा पुगेको युनाइटेडको ३७ खेलबाट ६३ अंक भएको छ । ६३ अंक नै रहेको चेल्सी चौथो स्थानमा छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात