पेस्तोल देखाएर पौने चार लाख लुटियो

२०७७ श्रावण ८ बिहीबार, जनकपुर । पेस्तोल देखाएर धनुषामा एक जनाबाट पैसा लुटिएको छ। धनुषाको कमला नगरपालिका वडा नं. २ का २० वर्षीय धिरज कुमार अधिकारीको साथबाट ३ लाख ७६ हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ।

बुधबार जनकपुरधामबाट आफ्नो घर फर्कने क्रममा दिउँसो करिव साढे एक बजे जलाद पुल नजिकै पेस्तोल देखाएर अपरिचित व्यक्तिले पैसा लुटेको अधिकारीले बताए।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अधिकारीको पैसा लुटिएको पुष्टि गरेको छ। घटनामा संलग्न भएकाकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार