आज बिहान ५ बजेदेखि राजविराजमा निशेधाज्ञा जारी

२०७७ श्रावण ८ बिहीबार, जनकपुर । सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ। बिहीवार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।

कोरोना संक्रमणका कारण राजविराजमा एक वृद्धको मृत्यु भएको थियो। कोरोनाको संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको बताइएको छ।

बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

सो अवधिमा अति आवश्यक बाहेकका सबै सेवा बन्द गर्न र अन्य सेवा, स्थलहरु अनावश्यक आवत जावत, हिँडडुल गर्न नदिने गरी निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार