चोर भन्दै लखेटेर सशस्त्रका जवानको हत्या

२०७७ श्रावण ८ बिहीबार, काठमाडौं । सिरहाको सिरहा नगरपालिका १७ स्थित बोर्डर आउट पोष्ट (वीओपी)मा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संग्लन आरोपमा तीनजना पक्राउ परेका छन् । यादव गत असार १६ गते सोही नगरपालिका १४ खिरौनामा रहेको नहरमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धानका क्रममा उनको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो । पक्राउ पर्नेमा सिरहा नगरपालिका ३ का २५ वर्षीय जयकेश कुमार यादव, २० वर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार प्रहरी जवान यादव एक विवाहमा गएको बेला सामान्य विवाद भएको घटनालाई लिएर चोर भन्दै लखेटेर पानीमा डुबाएर मारेको खुलेको छ ।

डीआईजी सिंहका अनुसार ती प्रहरी जवानलाई उनीहरुले ३ किलोमिटरसम्म लखेटेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको सिंहले बताए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार