भारतमा काेराेनाबाट एकैदिन ११२९ काे मृत्यु

२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२९ जनाको मृत्यु भएको छ ।

त्यहाँको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ हजार ८६१ पुगेको छ ।

त्यस्तै त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख ३८ हजार ६३५ छ । पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा अहिले ४ लाख २६ हजार १६७ जना सक्रिय संक्रमित छन् भने ७ लाख ८२ हजार ६०६ जना संक्रमणमुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार