सिरी ’ए’मा उपाधि दाबेदार युभेन्ट्सले उडिनेजेको सामना गर्ने

२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । इटालियन सिरी ’ए’ फुटबलमा आज दुई खेल हुने भएका छन् । उपाधि नजिक रहेको युभेन्ट्सले उडिनेजेसँग प्रतिस्पर्धा गर्दैछ भने अर्को खेलमा लाजियो र काग्लियारीबीच खेल हुनेछ । युभेन्ट्सले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ११: १५ मा सुरु हुनेछ ।

युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ । यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्नेछ ।

युभेन्ट्सले घरेलु टोलिविरुद्ध ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी ’ए’ को उपाधि जित्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार