झुण्डिएको अवस्थामा फेला परे ५६ वर्षीय पुरुष

२०७७ श्रावण ८ बिहीबार, धरान । मोरङमा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् । केराबारी–५ मोरङका ५६ वर्षिय सन्तविर तामाङ बिहीबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको उनका छोरा सनम तामाङले जानकारी दिए ।

सनमका अनुसार उनको शव अहिले पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । उनको आज नै अन्त्येष्टि गरिनेछ । मृतक तामाङको एक श्रीमती र दुई छोरा छन् ।

सन्तविरले आत्महत्या गरेको आशंका गरिएको छ । के कारणले आत्महत्या गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार