२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ। १२ दिनअघि कोरोना पोजेटिभ देखिएपछि मुम्बईको नानावती अस्पताल भर्ना भएका अमिताभको पछिल्लो स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आएको हो।
यद्यपि अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।
अमिताभका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि संक्रमण देखिएको छ। उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार छोरा अभिषेकको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई आजै डिस्चार्ज गर्ने तयारी छ। ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’