१० अंकले बढ्यो नेप्सेमा एक अर्ब ३२ करोड सेयर किनबेच

२०७७ श्रावण ८ बिहीबार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से बढेर नै रोकिएको छ । नेप्से आज १० दसमलव १३ अंकले बढेर १४ सय ४२ दसमलव ६१ बिन्दुमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७४ अंकले बढेर तीन सय तीन दसमलव ९० बिन्दुमा चढेको छ ।

एक सय ८७ कम्पनीहरुको २८ हजार छ सय ४९ वटा कारोबारमा ३३ लाख ९२ हजार नौ सय ६९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोबार रकम एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार दुई सय १८ रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक बढेका छन भने बाँकी समुहको सुचक घटेका छन । सोमध्ये बाणिजय बैंक समुहको सुचक तीन अंकले बढेर १२ सय ४६ दसमलव ७३ बिन्दुमा चढेको छ भने जलबिद्युत समुहको सुचक छ दसमलव ६२ अंकले बढेर नौ सय ७२ दसमलव १५ बिन्दुमा चढेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८५ दसमलव सात अंकले बढेर छ हजार छ सय ३४ दसमलव ३८ बिन्दुमा चढेकोमा जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर दुई सय ३१ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ३६ पैसाले घटेर एक सय छ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता पाँच सय ४५ रुपैयाँ अन्तिम मुल्यमा ११ करोड ३२ लाख ३९ हजार छ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार