कोरोनासँग लड्न २५ करोड डलर ऋण

२०७७ श्रावण ८ बिहीबार, एजेन्सी । पाकिस्तानले कोरोना भाइरस (कोभिड १९) को सामना गर्नका लागि चीन समर्थित एशियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) बाट २५ करोड डलर ऋण लिएको छ ।

सामाचार एजेन्सी रोयटर्सकाे अनुसार एआईआईबीसँगै विश्व बैंक पनि सो ऋणमा हिस्सेदार रहनेछ । बैंकले जारी गरेको अभिव्यक्ति अनुसार उक्त ऋणबाट पाकिस्तानले कोरोना महामारी सामना गर्न स्वास्थ्य सेवामा थप सुधार गर्न सक्नेछ ।

यसअघि एआईआईबीले पाकिस्तानलाई ५० करोड डलर ऋण दिएको थियो । पहिलेको ऋण र अहिलेको ऋण दुवै एआईआईबीको १० अर्ब डलरको फण्डको हिस्सा हो, जुन कोरोनाको सामना गर्नका लागि बैंकले छुट्याएको रकम हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार