२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस उडीनेससँग २-१ गोल अन्तरले पराजित भएको हो । उडीनेसको जितमा इजा नेस्टोरोभस्की र सेको फोफानाले एक एक गोल गरेका थिए भने युभेन्टसका लागि माथिस डिलाइटले एक गोल गरेका थिए ।
१-१ गोलको अवस्थामा खेलको ९० मिनेटपछिको इन्जुरी समयमा उडीनेसका फोफानाले गोल गर्दै उडीनेसलाई जिताएका थिए । यो हारपछि यो खेल जितेर सिरी ए को उपाधि जित्नबाट युभेन्टस चुकेको छ ।
लिगमा ३५ खेलपछि युभेन्टसको ८० अंक छ भने दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा अझै ६ अंकले अगाडी रहेको छ । एटलान्टासँग हेड टु हेडमा अगाडी रहेकाले अब आइतबार साम्पडोरियाविरुद्धको खेल जितेर उपाधि जित्ने प्रयासमा युभेन्टस हुने छ ।
युभेन्टसका म्यानेजर मौरिजिओ सारीले जसारी पनि खेल जित्ने एप्रोचले युभेन्टस हारेको प्रतिक्रिया दिएका छन् । उनले पहिलो हाफ राम्रो खेले पनि दोस्रो हाफमा टिम खराब खेलेको बताए ।
त्यस्तै उडीनेसले भने महात्वपूर्ण ३ अंक बटुल्दै लिगमा ३५ खेलपछि ३९ अंक बनाउदै १५औ स्थानमा उक्लिएको छ ।
ट्रेन्डिङ
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए