२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसविरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ ।
त्यसो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ । चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण आगामी तीन महिनाभित्र सम्पन्न हुने उसको आशा छ । चीनमा एकदमै कम सङ्क्रमण पाइएकोले गत जुन महिनामा उसले खोप आउन केही विलम्ब हुने जनाएको थियो ।
तर अहिले संयुक्त अरब एमिरेट्समा हजारौँ मानिस तेस्रो चरणको परीक्षणमा सहभागी भइरहेका छन् । अर्को चिनियाँ कम्पनीले त्यही विधि अपनाई ब्रजिलमा उन्नत खालको परीक्षण गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले खोप विकासका कुरालाई सावधानीपूर्वक हेर्दै आएको छ ।
उसले खोप विकासको दिशामा अर्को वर्षको आरम्भतिर उपलब्धि हासिल हुनसक्ने बताउने गरेको छ । यसै हप्ता ब्रिटेनको अक्स्फर्ड विश्वविद्यालयले खोपको विकासमा ठूलो सफलता हासिल गरेको समाचार सार्वजनिक भएको थियो ।
उक्त विश्वविद्यालयले विकसित गरेको एउटा खोप सुरक्षित र रोगप्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने बताइएको थियो । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरविरुद्ध लड्न सक्ने एन्टीबडी र टी-सेल बनाउन सकेको थियो ।
बीबीसी
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो