भारतमा एकैदिन ४९ हजार संक्रमित, ७४० जनाको मृत्यु

२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७४० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३० हजार ६०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ३१० जना संक्रमित पुष्टि भएको छ । यो एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १२ लाख नाघेको छ । भारतमा कुल संक्रमित १२ लाख ८७ हजार ९४५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म ८ लाख १७ हजार २०९ जना ठिक भएका छन् भने ४ लाख ४० हजार १३५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ५४ हजार ६४९ पुगेको छ भने मृतकको संख्या ६ लाख ३६ हजार ४७९ पुगेको छ । विश्वभर ९५ लाख ३५ हजार ६४१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार