ट्रम्प परे फेसबुककाे कारवाहीमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाड ट्रम्पले पाेष्ट गरेकाे भिडियाे उनकाे अकाउन्टवाट फेसबुकले हटाइदिएकाे छ । फेसबुकमा जथाभाबी भिडियाेहरू पाेष्ट गरेका कारण ट्रपकाे भिडियाे हटाइएकाे हाे । फेसवुकमा ट्रम्पले द्धन्द्धलाई प्रोत्साहन गर्ने सामग्री पोष्ट गरेको भन्दै कर्मचारीवाट आलोचित भएपछि फेसवुकका संस्थापक मार्क जुकरवर्गले पनि राष्ट्रपति ट्रम्पलाई कारवाही गरेका छन् ।

ट्रम्प यस अघि नै ट्वीटरको कारवाहीमा परिसकेका थिए । यि दुई विश्व चर्चित सामाजिक संजाल ट्वीटर र फेसबुकको कारवाहीमा परेपछि अमेरिकी राष्ट्रपति ट्रम्प थप समस्यामा परेका छन्। ट्रम्पले शुक्रबार जोर्ज फ्लोएडको सम्झनामा बनाइएको भिडियो ट्वीटर र फेसबुकमा अपलोड गरेका थिए।

तर भिडियोमा कपिराइटको आरोप लागेपछि फेसबुक र ट्वीटरले उक्त भिडियो ट्रम्पको अकाउन्ट बाट हटाइदिएको रोयटर्सले जनाएको छ। उनले पछिल्लो समय अमेरिकामा भइरहेको लुटपाटको भिडियो पनि फेसवुकमा अपलोड गरेका थिए ।

अस्वेत नागरिक माथि अमेरिकी सुरक्षाकर्मीले हत्या गरेपछि उत्पन्न परिस्थितीकाबीच भएको लुटपाटको भिडियो ट्रम्पले फेसवुकमा अपलोड गरेका थिए । सो भिडियो फेसवुकवाट नहटाइएको भन्दै मार्क जुकरवर्ग आफ्नै कर्मचारीवाट आलोचित भएका थिए ।

ट्रम्पले विभिन्न स्थानका तस्बिरहरु जोडेर भिडियो बनाएका थिए । रोयटर्सका अनुसार भिडियोमा ट्रम्पले जोर्ज फ्लोइडका बारेमा बोलेका थिए। तर विभिन्न तस्बिरहरु अनुमति बिनै अनाधिकृत रुपमा प्रयोग गरिएको भनेर उक्त सामग्रीमा कपिराइट लागेको थियो।

अफ्रिकी मुलका अमेरिकी नागरिक जोर्ज फ्लोएड गत महिना मिनिसोटाको मिनियापोलिसमा प्रहरीको नियन्त्रणमै रहेका क्रममा मारिएका थिए । प्रहरीले झन्डै ९ मिनेट हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले थिचेका थिए। त्यसको केहीबेरमै फ्लोएडको निधन भएपछि यतिबेला अमेरिकाभर रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार