गण्डकी प्रदेशमा थप १० जनामा सक्रंमण

२०७७ श्रावण ९ शुक्रबार, गण्डकी । गण्डकी प्रदेशमा शुक्रबार थप १० जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार दिएको अपडेट अनुसार ४ जिल्लाका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।  नयाँ संक्रमितहरु कास्कीका ५ जना, लमजुङका ३ जना रहेका छन् भने तनहुँ र बाग्लुङका एक एक जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म १०९१ जना कोरोना संक्रमित ठिक भएका छन् ।  योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३६० पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार