२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । पछिल्लो समयका चर्चित गायक दुर्गेश थापा विवादमा तानिएका छन्। प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलाले लिएको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको गीत गाउँनुस् भन्दा दुर्गेशले भक्त राज आचार्यको गीत गाएपछि उनी विवादमा आएका हुन्।
अन्तर्वार्ताको क्रममा धमलाले ‘स्वर सम्राट नारायण गाेपालको गीत गाउनुस्’ भन्छन्। त्यसपछि दुर्गेशले ‘उहाँको गीत म धेरै सुन्छु’, भन्छन् र भक्त राज आचार्यले स्वर भरेको गीत ‘मुटु जलिरहेछ’ गाउँछन्। धमलाले दुर्गेशलाई सच्याउँदैनन्, उनले फेरि प्रश्न गर्छन्, ‘नारायण गोपालको गीत तपाईलाई मन पर्छ ?’ दुर्गेशले भन्छन् ‘एउटा मान्छेको मायाले कति, म त लालि गुँरास भएछु’ मन पर्छ।
धमलाले दुर्गेशलाई रामकृष्ण ढकालको कुन कुन गीत मनपर्छ भनेर सोध्छन्, दुर्गेशले आफू रामकृष्ण ढकालको गीतमा अभिनय गरेको बताउँछन् तर अहिलेलाई बिर्से भन्छन्। धमलाले च्याप्न छोड्दैनन्, ‘कुन गायक सबैभन्दा मनपर्छ ?’ दुर्गेशले फ्याट्ट जवाफ दिन सक्दैनन्, ‘भन्छन् सबै मनपर्छ।’
धमलाले दुर्गेशले जुन गायकको नाम भने, उसैको गीत गाउँन लगाउछन्। दुर्गेशले गायक शिव परियारको नाम लिएपछि गीत गाउँन लगाउँदा दुर्गेश ‘पिउदिँन भन्दा भन्दै पिलायो साथीले’ को शब्द बिर्गाछन्।
यसपछि धमलाले यम बराललाई गायक हो भनेर चिनाउँदै उनको गीत गाउन दुर्गेशलाई आग्रह गर्छन्। दुर्गेशले रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीत गाउँछन् । यसपछि पनि अन्तर्वार्ता दुर्गेशलाई युवतीले किन पछ्याउँछन्, मन पराउछन् भन्ने कुरामा केन्द्रित हुन्छ।
भिडियो मोडल दुर्गेश थापा गएको वर्ष सार्वजनिक भएको गीत ‘बिच्च बिच्चमा’ पछि एकाएक चर्चामा आए। त्यसपछि उनले निकालेको ‘ह्याप्पी तिहार चिसो बियर’ विवादमा पर्याे। यो वर्ष दुर्गेशले ‘बिच्च बिच्चमा २, ३’ गीत निकाले जुन चर्चाको शिखरमा छन्।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो