नेकपा कार्यकर्ताद्वारा ईन्जिनियरमाथि कार्यालयमै कुटपिट

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । डोटीका नेकपाका नेताले ईन्जिनियरलाई कार्यालयमै कुटपिट गरेका छन् ।

नेकपा जिल्ला कार्यसमिति सदस्य देव बहादुर खड्काले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियर शंकरराज खनाललाई कार्यालयमै कुटपिट गरेका हुन् ।

कार्यालयमै हातपात गरेपछि गाउँपालिकाले विज्ञप्ति निकालेको छ । बिहीबार (हिजो) दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दोषी उपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरिएको छ । सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको विषयलाई लिएर हातपात भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार