काठमाडौं महानगरद्वारा सिंहदरबार मुख्य प्रवेशद्वारकाे सफाइ

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । काठमाडौं महानगरले आज (शुक्रबार) सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ । मुख्य प्रशासनिक सचिवालय प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा झार पलाएको, भुइँमा लेउ लागेकोले सरसफाइ गरिएको हो ।

ढोकाको माथिल्लो भागको सफाइका लागि शुरुवातमा डबल एक्स्टेन्सन ल्याडर (ग्राउन्ड ल्याडर) प्रयोग गरिएको थियो । त्यो भर्याङ्बाट ढोकाको शिरसम्म पुग्न नसकिने र सुरक्षित नभएकोले दमकलबाट एरियल (टर्नटेबल) ल्याडर मगाएर माथिल्लो भागमा पलाएको झार उखेलिएको थियो ।

ढोकाको बाहिरपट्टिको खाली जमिनमा बिछ्याइएका इटामाथि लेउ लागेर चिप्लो भएको थियो भने झार पलाएर ढोकाका आकर्षण घटेको थियो । वातावरण व्यवस्थापन विभाग करीब ४० जना जनशक्ति खटाएर भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गरिएको हाे । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइएको थियो भने जेटको प्रयोग गरेर पखालिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार