युवतीमाथि एसीड आक्रमण गर्नेलाई प्रहरीले गर्‍यो सार्वजनिक

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । राजधानीको सीतापाइलामा एक युवतीलाई एसीड आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको डल्लुस्थित एक गारमेन्ट उद्योगका सञ्चालक ४७ वर्षीय मोहम्मद आलम र त्यहाँ कार्यरत २३ वर्षीय भारतीय नागरिक मुन्ना अहमदलाई प्रहरीले सार्वजनिक गरेको हो ।

दुवैजनालाई गएराति प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार आलम एसिड आक्रमणका मुख्य योजनाकार हुन् । उनले आफ्नो गारमेन्टमा कार्यरत मुन्ना अहमदको साथ लिएर २२ वर्षीया युवती पवित्रा कार्कीमाथि एसिड आक्रमण गरेका हुन् ।

पीडित युवतीले दुई वर्षअघि आलमको गारमेन्टमा एक महिना जति काम गरेको खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार