२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड– १९ को कारण स्थगित फ्रेन्च कप फुटबलको फाइनल खेल आज (शुक्रबार) राति हुनेभएको छ ।
आजको फाइनल खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सेन्ट इटियेनको सामना गर्ने छ । स्टेड डी फ्रान्स रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बाट सुरु हुने छ । आजको फाइनल खेल जित्दै दुवै टोली उपाधिमाथी कब्जा जमाउने दाउँमा हुनेछन् ।
कोरोनाको महामारीको कारण लिग स्थगित भएपनि पीएसजीले यस सिजनको लिग वान उपाधि जितिसकेको छ । त्यसैले पीएसजी अर्को उपाधिको रुपमा फ्रेन्च कप जित्न चाहन्छ ।
कपको सर्वाधिक सफल टिम पीएसजीले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो । पीएसजीले हालसम्म १२ पटक फ्रेन्च कप जितिसकेको छ । इटियेन भने पीएसजीलाई हराएर सातौं पटक फ्रेन्च कप जित्न चाहन्छ । इटियेनले हालसम्म ६ पटक उपाधि जितिसकेको छ ।
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित