कोरोना संक्रमण बढ्दै गएपछि रिपब्लिकन पार्टीको भेला स्थगित

२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । कोरोना संक्रमण फैलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन् ।

अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरस प्रकोपका कारण उक्त सम्मेलन स्थगित गरिएको राष्ट्रपति ट्रम्पले बताएका छन् । ‘यो समय सम्मेलन गर्नका लागि उचित होइन ।

त्यसैले यो सम्मेलन स्थगित गर्नुपर्छ म साथीहरूलाई अनुरोध गर्नेछु,’ राष्ट्रपति ट्रम्पले भनेका छन् । ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भिडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट पारे । अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घन्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले उत्तरी क्यारोलिनामा चाँडै अर्को भेला आयोजना गर्ने जानकारी दिए ।यो बैठकले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावका लागि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउन औपचारिक मनोनयन गर्नेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार