शुक्रबार थपिए १ सय ३३ कोरोना संक्रमित

२०७७ श्रावण ९ शुक्रबार, काठमाडौं । शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ।

त्यस्तै २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार