हेण्डरसन बने प्रिमियर लिगको बर्ष खेलाडी

२०७७ श्रावण ९ शुक्रबार, एजेन्सी । लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले २०१९-२० सिजनको प्रिमियर लिगको बेस्ट प्लेयरको उपाधि जितेका छन् । हेण्डरसनलाई सो अवार्ड ब्रिटिश फुटबल राइटर संघले दिएको हो ।

लिभरपुललाई ३० बर्षपछि प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डरले म्यानचेस्टर सिटीका केभिन डी ब्रुने र म्यानचेस्टर युनाइटेडका मार्कोस राशफोर्डलाई पछि पर्दै यो अवार्ड जितेका हुन् ।

राइटर संघले दिने यो अवार्डलाई प्रिमियर लिगको सबै भन्दा पुरानो व्यक्तिगत अवार्डको रुपमा चिनिन्छ । यो अवार्ड सन १९४८ देखि नियमित रुपमा दिइदै आएको छ । राइटर संघले कुल १५ खेलाडीका लागि आएको भोटमा हेण्डरसन सबैभन्दा अगाडी रहेको बताएको छ । जसमा ब्रुने दोस्रो र राशफोर्ड तेस्रो भएका थिए ।

अवार्ड पाएपछि हेण्डरसनले टिमको तर्फबाट आफुले सो अवार्ड स्वीकार गरेको बताएका छन् । उनले टिमले महत्वपूर्ण उपाधि जित्दा व्यक्तिगत अवार्डको समेत महत्व हुने बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार